
काभ्रे । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । जुन २०६८ को जनगणना भन्दा १५ हजार ५८ जना कम रहेका छन् ।
लैंगिक अनुपातको आधारमा ९७.३४ प्रतिशत रहेको छ । काभ्रेको जनसंख्या १० वर्षमा ०.३९ प्रतिशतले घटेको हो ।


जिल्लाको कुल जनसंख्यामा महिला १ लाख ८५ हजार ९ सय १२ र पुरुष १ लाख ८० हजार ९ सय ६७ जना पुरुष रहेका छन् । जसमा पुरुषभन्दा महिलाको जनसंख्या ४ हजार ९ सय ४५ जनाले बढी भएको छ ।
जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन् । त्यस्तै तथ्याङ्कमा परिवार संख्या भने ९३ हजार १ सय ८९ रहेको छ । परिवारको औसत आकार ३ दशमलब ९४ रहेको छ । जनघनत्व २६३ रहेको छ ।
जनगणना २०७८ मा १९ हजार ५ सय ७६ जनसख्ंया अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन् । प्रतिशतका आधारमा ०.९० रहेको छ ।
तथ्याङ्क विभागले सार्वजनिक गरेको जनसंख्या अनुसार जिल्लामा सबैभन्दा धेरै जनसंख्या बनेपा नगरपालिका र कम खानीखोला गाउँपालिकामा रहेको छ ।