
काठमाडौ । नेपाल तामाङ विद्यार्थी घेदुङद्धारा आयोजित कविता प्रतियोगितामा रुपक तामाङ प्रथम भएको छ । शनिबार काठमाडौस्थित नेपाल तामाङ घेदुङको कार्यालयबाट भर्चुअल मध्यमद्धारा गरिएको प्रतियोगितामा तामाङ प्रथम भएका हुन् ।
प्रतियोगितामा प्रथम तामाङले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यार्थी घेदुङले शिक्षा र तामाङ संस्कृति विषयमा खुल्ला प्रतियोगिता आयोजना गरेका थिए ।


कार्यक्रममा बागमती प्रदेश उपसाभमुख राधिका तामाङले तामाङको आफ्नै खालको पात्रो नहुँदा ल्होछार सम्बन्धि विदा विषयमा अन्योल छाएको बताए ।
उनले ल्होछारको लागि विदा २ दिन माग गरेको समेत बताए । प्रतियोगितामा २० जना प्रतियोगी सहभागी थिए ।
विद्यार्थी घेदुङका केन्द्रिय अध्यक्ष दिनेश लोले प्रतियोगितामा दोस्रो मिथिला स्याङ्तान, तेस्रो मनिक तामाङ र सान्त्वना कविराज तामाङ भएको जानकारी दिए ।
उनीहरुले क्रमशः नगद १० हजार, ५ हजार र २ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै विद्यार्थी घेदुङका केन्द्रिय सदस्य अमृत योन्जनले विद्यार्थी घेदुङको २८ औं स्थापना दिवस र सोनाम ल्होछार २८५८ (ताक ल्हो)को अवसरमा तामाङ मातृभाषा खुल्ला कविता प्रतियोगिता गरेको बताए ।