काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले एक साताका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगनको समय बढाएको छ । जिप्रकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै आइतबार सार्वजनिक सूचना जारी गर्दै माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ।

यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो । प्रशानका अनुसार शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानीको काम भने निरन्तर हुनेछ ।

यसैबीच रोशी गाउँपालिकाले आजदेखि वारअनुसार सेवा सञ्चालन गर्ने भएको छ। ‍सूचना जारी गर्दै वडा नम्बर १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतवार, सोमवार र मंगलवार समय तोकिएको छ भने वडा नम्बर ७ दखि १२ सम्मकालाई बुधवार, बिहीवार र शुक्रवार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिए।

गाउँपालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधवारदेखि शुक्रवारसम्म सेवा स्थगन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय