काभ्रे । काभ्रेमा ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा शुभारम्भ भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतबार ई-पासपोर्ट सेवाको शुभारम्भ गरेकी हुन् ।

प्रजिअ पाण्डेले पहिलो दिन १० जनालाई ई-पासपोर्ट वितरण समेत बताईन् । उनले ई-पासपोर्ट लिनको लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य आवश्यक पर्ने बताइन् ।

प्रजिअ पाण्डेले जिल्ला प्रशासन कार्यालयले आफैंले भर्न नसक्नेहरुको लागि हेल्प डेस्कमा स्थापना गरेको र उक्त डेक्सबाट अनलाइनबाट फारम भर्न सकिने बताइन् ।

त्यस्तै काभ्रेका सहायक प्रजिअ अमर दीप सुनुवारले ई-पासपोर्ट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)को तुलनामा बढी विश्वसनीय र सुरक्षित भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय