महाभारत (काभ्रे ) । काभ्रेपलान्चोकको महाभारत गाउँपालिका-३ फोक्सिन्टारका फोक्सिन्टार स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित भवनको हस्तान्तरण गरिएको छ।
शुक्रबार महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) र वडा अध्यक्ष एवं फोक्सिन्टारका स्वास्थ्य चौकीका अध्यक्ष कारसाङ लामाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सागर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत हरि विष्टको पनि उपस्थिति रहेको थियो ।


भारत सरकारको आर्थिक सहयोग, सघन शहरी तथा भवन निर्माण आयोजना र तत्कालिन राष्ट्रिय पुननिर्माण कार्यालयको प्राविधिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो।
अध्यक्ष जिम्बाले शिलान्यास मात्रै होइन हस्तान्तरणमा पनि हामी निरन्तर छौ केही ठाउँमा निर्माण ब्याबसयीको ढिलासुस्तीको कारण समस्या भए पनि केहि ठाउँमा सम्पन्नता पछी धामाधाम हस्तान्तरणको चरणमा रहेको बताए । हामी बिगतको अर्थात सुरुको बर्षहरु सुरुवातको चरणमा बित्यो अब हामी हस्तान्तरण तथा शिलान्यास सङ्गसङै लाने बताए ।
तर हिजो शिलान्यास पनि गर्नु परेन हस्तान्तरण पनि परेन पार्टी, सरकार त हिजो पनि थियोे आज पनि छ महाभारतको बिकासको बहस र बास्ताबिक बिकास चही आज महासुस भएको बताए । फोक्सिन्टार स्वास्थ चौकी औपचारिक रुपमा हस्तान्तरण भए पछि शुक्रबार देखि नै नयाँ भवनबाट सेवा प्रारम्भ गर्न पाएकोमा सहयोगी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।










