विशाल श्रेष्ठ
सउल, दक्षिण कोरिया । चितवन सम्पर्क समिति दक्षिण कोरियाको १७ औ अधिबेशन सम्पन्न भएको छ ।
चितवन सम्पर्क समिति दक्षिण कोरियाको १७ औ अधिबेसन कोरोनाको महामारीलाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित भइ सउलमा सम्पन्न भएको छ ।

अधिवेशनबाट सम्पर्क समितिको अध्यक्षमा राजकुमार स्याङ्तानलाई सर्वसम्मत चयन गरेको छ ।
बिजय अर्यालको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारको पुर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि थिए ।

नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा सागर सापकोटा तथा उपाध्यक्षमा समुन्द्र अर्याल, अमित चौधरी महासचिबमा विनोद चौधरी सचिबमा पुर्णकला कुँवर पौडेल, गोबिन्द चौधरी कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सह कोषाध्यक्षमा रामकुमार चौधरी रहेको छ ।

यसैगरी सदस्यहरुमा देव चौधरी, प्रेम चौधरी, रबिन्द्र बुढाथोकी, अतिज लामा रहेका छन् ।

नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना दिदै प्रमुख सल्लाहकार गिरिराज कुँवरले आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय