पनौती, काभ्रे । नवनिर्मित शाक्यमुनि बुद्ध (च्योम्दन्दे) मुर्तिको ह्राप्ने (प्राण प्रतिष्ठा) गरिएको छ । सोमबार जिल्लाको ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतिस्थित त्रिवेणीघाटमा लामा पेमाग्याछोबाट बुद्ध मुर्तिको ह्राप्ने गरिएको हो ।

पनौती नगरपालिका–७ स्थित् त्रिवेणीघाटमा पनौति निवासी हिराकाजी थिङ र लोकुमारी घिसिङको छोरा विशाल थिङ (अर्थमान)ले आफ्नै खर्चमा शाक्यमुनि बुद्ध (च्योम्दन्दे) को मुर्ति निर्माण गरेका थिए ।

मुर्तीका लगानीकर्ता थिङका अनुसार ७ फिट अग्लो बुद्ध मुर्ति निर्माण गर्दा ३ लाख भन्दा बढी खर्च भएको छ । उनले भने, ‘बुद्ध मुर्ति मेरो आफ्नै खर्चमा निर्माण गरेको हो ।’

उनले बुद्ध मुर्ति चित्रकार तथा थाङ्का खाइपा उत्तरमान घिसिङले बनाएको बताए । उनका अनुसार खाइपा घिसिङले आधा कामको मात्र पारिश्रमिक लिने गरी बुद्ध मुर्ति बनाएको हो । जस अनुसार घिसिङले ९० हजार मात्र रकम लिएको छ ।

ह्राप्नेमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले पनौती नगर एक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल भएकोले यसलाई थप पर्यटकीय क्षेत्र बनाउनु समस्त पनौतीबासीको कर्तव्य भएको बताइन् । 

सल्लाहकार हिरामाया घिसिङले शाक्यमुनि बुद्धको मुर्ति निमार्णले नमोबुद्धको धार्मिक किँवदन्तीसँग जोडिएको कथा नमोबुद्ध जंगलमा गई सुत्केरी बघिनीलाई आफ्नो शरीर खुवाएर बचाइएको व्यक्ति पनौतीकै रहेकोले इतिहासलाई थप अध्ययन गर्न सहयोग विश्वास समेत व्यक्त गरे ।

त्रिवेणीघाट नजिकै ढुङ्गाको चट्टानमा खोपिएर बनाएको शाक्यमुनि बुद्ध मुर्तिसँगै सिँढि, बार, बाघको मुर्ति आदिलाई आकर्षक ढंगले रङ रोगन गरी चिटिक्क परिएका छन् । यसअघि खासै मानिसको ध्यान नपुग्ने उक्त ढुङ्गाले शाक्यमुनि बुद्धको स्वरुपमा अनावरण भएपछि अहिले सबैको ध्यान खिचेका छन् ।

बुद्ध मुर्ति निर्माणले मकर मेलाको लागि त्रिवेणीघाटमा आउने दर्शनर्थीमा थप रौनकता समेत थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय