
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “आपसि सहयोग र सद्भाव सिन्धुपाल्चोक बासि मिलनको आधार” नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिबेशन सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिबेसन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित फेन्थेकमा मा गराएर सम्पन्न भएको छ। अधिवेशनबाट समाजको अध्यक्षमा उत्सव खड्का बरिष्ठ उपाध्यक्ष मा बेदनाथ आचार्य र सचिवमा विशाल श्रेष्ठ लाइ सर्वसम्मत चयन गरेको छ ।
निवर्तमान अध्यक्ष नबिन श्रेष्ठको अध्यक्षतामा मा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कोरियाको लागि नेपाली कार्यबाहक महामहिम राजदूत रामसिंह थापा ज्यु प्रमुख अतिथि तथा एनआरएन दक्षिण कोरियाको अध्यक्ष दिपक पुन विशेष अतिथि थिए । नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा बेदनाथ आचार्य तथा उपाध्यक्षमा सह-सचिबमा प्रवन पराजुली,निमा शेर्पा कोषाध्यक्षमा नवराज पाण्डे र सह कोषाध्यक्षमा सुरज श्रेष्ठ रहेको छ।

