महाभारत (काभ्रे) । काभ्रेको महाभारत गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिबार नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका २ नं. वडाको स्याप्लेडाँडामा भएको दोस्रो वडामा सम्मेलनमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट पदम बहादुर गोले, सुरेश रुम्बा, सानुकान्छा घिसिङ, भिम बहादुर घिसिङ, दरीमाया जिम्बा, टेक बहादुर जिम्बा, बुद्धिलाल जिम्बा, नेपाली काँग्रेसबाट मान बहादुर गोले, राम बहादुर मोक्तान, बाबुलाल स्याङतान, र मिलन वाइबा रहेका छन् ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, बागमती प्रदेश सभा सदस्य तथा पुर्व मन्त्रि माननीय रत्न ढकाल, माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), बागमती प्रदेश कमिटि सुजन लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), माओवादी केन्द्र महाभारत गाउँपालिका उपाध्यक्ष मिन बहादुर वाइबा, सचिव रिजन मगर र खानीखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
नेपका माओवादी केन्द्रका महाभारत गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नर बहादुर बलको अध्यक्षतामा भएको वडा सम्मेलनमा पार्टी प्रवेश गराइएको हो ।










