खानीखोला, काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खानिखोला गाउँपालिका वडा नम्बर ४ को पार्टी कार्यलय उद्घाटन भएको छ ।
पार्टी कार्यालयको उद्धघटन गर्दै माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य दैवलाल घिसिङ (अनुशिल)ले खानीखोलाको जनताले चाहेअनुसारको विकासको लागि माओवादी केन्द्रले जित्नु विकल्प नरहेको बताए ।
एजेन्डा माओवादीको तर नेतृत्वकर्ता अर्कै पार्टीको हुँदा समृद्ध खानीखोला बन्न नसकेको उनको भनाइ छ । उनले भने, ‘जनताको भावना अनुरुपको विकास हुन एजेन्डा ल्याउने पार्टीले नै पालिकाको नेतृत्व हुँदा मात्र सम्भव हुनेछ ।’
कार्यक्रममा माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बा, उपाध्यक्ष सिर्जना थिङ, सचीव राजन अधिकारी, कोषाध्यक्ष केशब आचार्य, प्रेमबहादुर लामा, नरबहादुर थिङ लगायतले मन्तव्यको क्रममा आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नजिते जनताले चाहेको समृद्ध खानीखोलाको सपना फेरि अधुरो नै रहने बताएका छन् ।
त्यस्तै उनीहरुले अब खानीखोलामा माओवादी केन्द्रले जित्नै पर्ने र त्यसको लागि जनताको भावना अनुसार लाग्न कार्यकर्तालाई समेत अनुरोध गरेका छन् । यसअघि खानीखोलाका वडा ३, ६, ७ लगायतका वडामा पार्टी कार्यालय सञ्चालनमा ल्याइसकेका छन् ।
कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरि करिब एक दर्जन कर्याकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसमा कांग्रेसको क्रियाशिल सदस्य तथा २०७४ सालको स्थानिय चुनावको वडा सदस्य उम्मेदवार कलक बहादुर माझी, कांग्रेसकै अर्का क्रियाशिल सदस्य सुमन माझी, एमालेका संगठित सदस्य लक्षुमान माझी सहित करिब एक दर्जन पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य घिसिङ, खाएएखोलाको अध्यक्ष जिम्बा लगायतले नव प्रवेशीहरुलाई खादा र अबिर लाएर स्वागत गरिको थियो । कार्यक्रममा वडा अध्यक्ष वीर बहादुर वाइबा, स्थानीय नेता विजयकुमार लोप्चन, विष्णु माया मोक्तान, नजरमान माझी, श्याम बहादुर लोप्चन, अनेरास्ववियु (क्रान्तिकारी) काभ्रेका कोषाध्यक्ष विकास तामाङ लगायत कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पार्टी कमिटी खानीखोला–४ का अध्यक्ष निशान मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव भरत लामाले गरेका थिए ।