महाभारत ,काभ्रे । दुवै मृगौला फेल भएर पीडित बनेका रमित थिङले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! काभ्रे जिल्ला डाँडापारी महाभारत -१ गोकुले, छोटेसहान निवासी २१ बर्षीय रमित थिङको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसाँधमा बाँचिरहेका छन् ।
२१ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसाँधमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

६० बर्षीय आमा लक्ष्मी माया थिङको कोखबाट कान्छो छोराको रूपमा जन्मिएका रमित थिङले गोकुले मा.वि. बाट १२ पास गरि नेपालमा रोजगारी नभए पछि वैदेशिक रोजगारीमा जाने तयारी थियो । बुवा रमित गर्भमा हुदै मृत्यु भएको हुन भने दिदी पनि जनयुद्धमा सहिद भएको थियो ।तर सबै अप्ठ्यारासंग बिजय हासिल गर्न सकेपनी रोगसँग लड्न गाह्रो हुदो रहेछ । पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै मृगौला फेल भएर एक्कासी प्रेसर बढेर आँखा देख्न समस्या भएको सल्लाह दिए पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए ।

चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित थिङले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका थिङको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य कृषक परिवारमा जन्मिएका थिङले भर्खरै पढाई सकेर घरको आर्थिक अवस्थ हेरेर वैदेशिक रोजगारीमा जाने तयारी थियो । तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी समस्या मा छन् ।

दुबै मृगौला प्रत्यारोपण गर्न २० देखि २५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका दाइ भिम बहादुर थिङले रूदै भाईको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा आम्दानीको श्रोत केही पनि छैन भाइले कमाउने भयो केही साहारा हुन्छ भन्ने बेलामा भाइलाई रोग लाग्यो । के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै ६० बर्षीय आमा लक्ष्मी माया थिङले भन्छिन् मृगौला मिल्यो भने म आफ्नो मृगौला दिएर भएपनि छोरालाई बचाउँछु ।’ उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

दुबै मृगौला फेल थिङलाई सहयोग गर्न चाहानु हुनेले बिरामीको दाइ भिम बहादुर थिङ ९७४०७११६७३ समाजसेवीहरु गोविन्द स्याङतान मोबाइल नम्बर ९८४१८४०३४५ र अमृत लामा ९८४१५०२८९७ मा मा फोन गर्न सक्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय