काभ्रे । सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । विहिबार नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले काभ्रेको धुलिखेलमा सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

अनेरास्ववियूले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको र एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाविरुद्ध कालोझण्डा देखिएको जनाइएको छ । सभामुख सापकोटा सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन काभ्रे आएको हो ।

सभामुख सापकोटालाई अवरोध गर्न खोजेपछि प्रहरीले अनेरास्ववियूका कर्याकर्तालाई हटाएको थिए । अनेरास्ववियू कालोझण्डा देखाएको भने पनि युवा संघका काभ्रेका अध्यक्ष लगायतका कार्यकर्ताहरुको उत्तिकै मात्रामा सहभागी थिए ।

यसअघि सभामुख सापकोटा सिन्धुपल्चोक जाने क्रममा पनि अनेरास्ववियुका कार्यकर्ताले बनेपामा कालो झण्डा देखाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय