काभ्रे । नेकपा (माओवादी केन्द्र) अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बेथानचोक गाउँपालिकाको सम्मेलन शनिवार सम्पन्न भएको छ ।
माओवादी केन्द्र बागमती प्रदेशको माननीय युवा तथा खेलकुद मन्त्री कमरेड रत्न ढकाल ज्युको प्रमुख आतिथ्यमा र बागमती प्रदेश कमिटी सदस्य क. मर्दन सिँ तामाङ (पेमा) को बिशिस्ट अतिथि साथै काभ्रे भुमि आयोगको अध्यक्ष क. हरि बहादुर केसी ज्युको अतिथिमा कार्यक्रम सम्पन्न भएको छ ।
बेथामचोक २ स्थित कृष्णा मन्दिरको भवनमा बसेको सम्मेलनले संघको अध्यक्षमा सान् पुलामिलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै सम्मेलनले उपाध्यक्षमा सुमित्र तिमल्सीना, सचिवमा रमिला श्रेष्ठ सहसचिव मिनाकुमारि तामाङ कोषाध्यक्षमा उखु माया तामाङलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा गोमा घिमिरे , लक्ष्मी विक, सानि माया घलान , मयरानि तामाङ , ठुलि माया गोले , सुनिता थोकर , केशरी तामाङ, सुन्तलि गोले , लालकुमारि वाईवा सर्य कुमारि वाईवा , मैया दमै गरि १६ सदस्यीय कमिटी गठन गरेका छन् ।