काठमाडौं । तामाङ समुदायबाट आफ्नो भाषा, कला, संस्कृति तथा रीतिरिवाजका साथै सामाजिक चेतनासहित नेतृत्व विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको मम्स इनटरनेशनलको १६ औँ संस्करणको मिस तामाङ २०२४ को दाबेदार प्रतियोगी रिया लामा स्याङतानले आफूलाई भोटिङ गर्न सबैसँग आग्रह गरेकी छिन।
फागुन १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ग्राण्ड फिनाले मिस तामाङ २०२४ को प्रतिष्पर्धा गरिरहेकी काठमाडौं जिल्लाको रिया लामा स्याङतानले भोट अपिल गर्दै आफनो मिहिनेत सफल बनाउनको लागि भोट गर्न हुन समस्त नेपाली दाजुभाई, दिदी बहिनी, आमाबुबा शुभचिन्तक सबैलाई आग्रह गरेकी छिन।


‘मिस तामाङ २०२४’ को विजेतालाई १ लाख नगद, सिल्बर क्राउन र गिफ्ट हेम्पर दिइनेछ। त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ। १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ।
रिया लामालाई भोट कसरी गर्ने











