काठमाडौं । नागार्जुन नगरपालिका–६ स्वयम्भूस्थित एक घरको डेरामा मृत भेटिएका तीनै जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार मृत भेटिनेहरुमा ओखलढुंगा घर भई डेरा गरी बस्ने ३९ वर्षीया इश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्।
उनीहरुलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ। उक्त घरभन्दा केही पर झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन्।
ती पुरुष पनि इश्वरीकै श्रीमान् भएको आशंका गरिएको छ। श्रीमती सहित दुई छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।