काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने जनाइएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक, २०८० लाई प्रशतुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधनको सूचनालाई निर्णयार्थ प्रस्ततु गरिनेछ ।
यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।