
महाभारत, काभ्रे । जिल्लाको विकट महाभारत गाउँपालिकामा दुई पक्की पुल शिलान्यास गरेको छ । आइतबार गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले वडा नम्बर ५ तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पक्की पुलको एकैपटक शिलान्यास गरिएको हो ।
अध्यक्ष जिम्बाले पुल निर्माण भएपछि महाभारतका सबै वडामा बाह्रै महिना सजह रूपमा यातायात सन्चलान हुने बताए । उनले भने, ‘पक्की पुल भएपछि महाभारतबासीले बर्षादमा पनि समस्या झेल्नु पर्ने अवस्था आउने छैन ।’


त्यस्तै अध्यक्ष जिम्बाले गुणस्तरीय काम गर्न र आयोजना सरकारले तोकिएको समयमै सक्न प्राविधिक टोली, निर्माण कम्पनी र वडावासीलाई सक्रिय हुन आग्रह गरेका छन् ।
इन्जिनियर चन्द्रदेव भट्टले पुल निर्माणका लागि करसहित ४ करोड ९ लाख ७३ हजार ५ सय ७ रुपैयाँ ठेक्का सम्झौता भएको बताए ।
आगामी २०८० साउन ३१ गते निर्माण सक्ने गरी गत साउन ३० गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी मृत सन्जीवनी प्रदेज जेवीले जनाएको छ ।
ठेकदार कम्पनीका प्रमुख नारायण प्रसाद बडालले तोकिएको समयभन्दा ६ महिना अघि सकाउने बताए । उनको अनुसार खानीखोलामा १६ र पार्वती खोलामा २६ मिटर लामो पुल बन्ने छ ।
पुल निर्माणको लागि जग हाल्ने लगायतका केही समेत सुरु भइसकेका छन् । पदम माया लुङ्गेलीको सभापतित्वमा भएको कार्यक्रमको संचालन हस्तबहादुर दर्लामीले गरेका थिए ।