काभ्रे । जिल्लाको बनेपामा ६ राजनीतक दलले मशाल जुलुस निकालेका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विरोध गर्दै ६ राजनीतक दलले मशाल जुलुस निकालेका हुन् ।

एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काभ्रेका अध्यक्ष जीतबहादुर तामाङले बताए । उनका अनुसार बुधबार नेपाल बन्दको अह्वान गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी गरि ६ राजनीतिक दलका नेता तथा कर्याकर्ताले प्रर्दशनका क्रममा ‘नेपाल बन्द, सफल पारौं,’ ‘राष्ट्रघाती एमसीसी,’ खरेज गर’, ‘राष्ट्रघाती दलालहरु होसियार,’ ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगाएका नारा लगाएका थिए ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । उनीहरुले एमसीसी फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय