
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भएको छलफलपछि प्रचण्डले सत्ता गठबन्धन बचाउने प्रयासका लागि छलफल भइरहेको जानकारी दिए ।


उनले एमसीसीलाई कसरी निकास दिने भन्नेमा नै आफूहरुको छलफल केन्द्रित रहेको उल्लेख गरे । उनले गठबन्धनको छलफलबाटै सबै बिषयको निकास आउने दावी गरे ।
बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।