
खानीखोला, काभ्रे । नेकपा (माओवादी केन्द्र) काभ्रे खानीखोला गाउँपालिका -२ फलामेटारमा वडा सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
पार्टीले त्यहाँका स्थानीय जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने र भएका समस्या समाधानको लागि प्रयास गर्ने भन्दै कार्यालय राखिएको वडा अध्यक्ष सुवर्ण थिङले जानकारी दिए ।


नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशिल) र खानीखोला गाउँपालिका अध्यक्ष अविरल जिम्बाले उक्त कार्यलयको उद्धघाटन गरिएकाे थियाे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशिल)ले माओवादीले जनताको हितमा गरेको कामको प्रचारप्रसार कमी र प्रविधिक तथा मतदाता शिक्षा राम्रो नभएकोले पहिलाको चुनाव हार्नु परेको बताए । खानीखोला गाउँपालिकामा एमाले र नेपाली कंग्रेसको माओवादीले गरेका काम देखेर मनोबल गइसकेकोले अबको चुनावमा कुनै पनि अवस्थामा सबै वडा माओवादीले जित्ने बताए ।
नेकपा (माओवादी) केन्द्र खानीखोला गाउँपालिका अध्यक्ष अविरल जिम्बाले खानीखोलामा अबको निर्वाचनमा माओवादी केन्द्रले जित्ने बताए । माओवादीको नशानशामा विकास तथा परिवर्तन जोडिएकोले जनताले मन परेको समेत बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशिल), खानीखोला गाउँपालिका अध्यक्ष अविरल जिम्बा, उपाध्यक्ष सिर्जना थिङ, सचीव केशव आचार्य लगायत उपस्थित रहेका थियो।