महाभारत, काभ्रे । नेपाली काँग्रेस महाभारत गाउँपालिका क्षेत्रका दुई प्रभावशाली नेता माओवादी केन्द्रमा प्रवेश गरका छन् ।वडा नं. ४ को नेपाली काङग्रेसका क्रियाशिल सदस्यहरु माहवीर मोक्तान र केशर बहादुर वाइबा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शनिबार धुलिखेलमा एक कार्यक्रमकावीच माओवादी केन्द्रका केन्द्रिय सदस्य पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभ सदस्य सुर्यमान दोङ (लालध्वज), नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवलय सदस्य डिएम लामा, प्रदेस सदस्य तथा महाभारत गाउँपालिका इन्चार्ज सुजन लामा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), नेता ज्ञानु मोक्तान लगायतका नेताहरुले नवप्रवेश मोक्तान र वाइबालाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।


राजनिति गरीरहेका मोक्तानले माओबादी केन्द्रको सिद्धान्त, बिचार र राजनितिक गतिबिधि जनताको हितमा रहेकाले बिना सर्त माओबादीमा प्रबेश गरेको बताए ।
अबको महाभारतको बिकास र निकास माओबादी केन्द्रबाट मात्रै सम्भव भएकोले प्रभावित भएर आफ्नो इच्छाले काङ्ग्रेस परित्याग गरी माओबादीमा प्रबेश गरेको वइबाले बताए । माओबादी पार्टीमा कुनै सर्त लिएर प्रबेश गरको होइन । यो पार्टीमा रहेर बिना सर्त जनताको सेवा गर्नेछु ।’
हाल गाउँपालिकामा बिभिन्न पार्टि परित्याग गरी माओबादीमा प्रबेश गर्नको लहर नै चलेको छ ।










