काठमाण्डाै । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको उम्मेदवारी परेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभा सचिवालयले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षकाे चुनाव भोलि हुनेछ ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । सत्ता गठबन्धनको समर्थन रहेकाले एमालेकी विमला घिमिरे सहज अवस्थामा देखिनुभएको छ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । गठबन्धनमा सहभागी दलको ३७ मत छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय