महाभारत(काभ्रे) । काभ्रेको डाँडापारी महाभार गाउँपालिका–५ को टोल–टोलमा निःशुल्क घुम्ती स्वास्थ्य सेवा सम्पन्न भएको छ।
घुम्ती स्वास्थ्य सेवा सोेमबारदेखि शुरु भई (३ दिन मा) बुधबार सकिएको वडा अध्यक्ष विजय रानाले बताए। रानका अनुसार सेवाबाट कुल २ सय १० जनाले सेवा लिएका छन्। उनीहरु मध्ये ६० बर्ष माथीका १७५ जनाले र ५ बर्ष मुनीका ३५ बालबालिकाले सेवा पाएका छन्।


दुर्गम गाउँ बस्तीका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका भौगोलिक कठिनाइका कारण सहजै रूपमा स्वास्थ्य चौकीमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले वडाले टोल टोलमै स्वास्थ्य सेवा मार्फत सेवा दिएको वडा अध्यक्ष रानले बताए। अध्यक्ष रानले भने,‘गाउँमै स्वास्थ्य सेवा दिएपछि सेवा लिने स्थानीयवासीहरु उत्साहजन उपस्थित भएको छ।’
दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल हाम्रो टेवा भन्ने मुल नाराका साथ वडाको पहलमा टोलटोलमा घुम्ती स्वास्थ्य सेवा घुम्ती सञ्चालन गरिएको हो। महाभारत गाउँपालिका ५ नं. वडा कार्यालयको आयोजना तथा बुढाखानी बर्थिङ सेन्टर र चौडिक आधारभुत स्वास्थ्य केन्द्रको विषेश सहयोगमा आयोजना गरिएको थियो।
वडाका स्थानीयवासीले सुगर, प्रेसर, गर्भवतीको अवस्था, बालबालिकाको कुपोषण, सर्ने र नसर्ने रोग लगायत अन्य रोग बारे जाँच तथा उपचार सेवा पाएका छन्। अन्य सामन्य स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधी वितरण गरिएको वडा अध्यक्ष रानाले बताए। वडाका टुनीबास, घुँडे, भकार, बेतेनी, गोगने, भलडाँडा,गुराँसे, चारकिल्ला, बर्थिङ सेन्टर, गोपे, चौडिक स्वास्थ्य केन्द्र, स्याङतान डाँडा, ठाडा टोल, खोलाघारी र अपाङ्गता भएको व्यक्तिहरुलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिएको थियो ।










