ललितपुर । माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएका कारण मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्नेको लहर नै चलेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टीले लिएको सहि नीति तथा कार्यक्रम, विकास र समृद्धिप्रतिको प्रतिबद्धताका कारण आम जनताको चासो माओवादी केन्द्रप्रति आर्कषित भएकाले पार्टी प्रवेशको लहर चलेको हो ।
नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उनीहरुलाई अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको बताए ।
यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू, रामसरण राहुत सहितका नेता तथा कार्यकर्ता रहेका छन् ।
त्यस्तै सुदुरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेका छन् ।