
तनहुँ । जवरजस्ती करणी गरेको अभियोगमा कलाकार पल शाहविरुद्ध जाहेरी दर्ता भएको छ । जबर्जस्ती करणी गरेको अभियोगमा एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गरेको छन् ।
बुधबार एक किशोरीले शाहविरुद्ध जबर्जस्ति करणीको उजुरी दर्ता गरेको छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाईसकेको छन् । शाहले आफू नाबालिग रहेको बेला जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको अधिकारीले बताएको छन् ।
कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ ।

