काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्थापनाको २२ वर्षपछि एमबीबीएस तहको अध्यापन गराउने तयारी गरेको छ । न्याम्सले आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबीबीएस कार्यक्रमको पाठ्यक्रम तयार पार्दैछ ।

धुलिखेलमा शनिबारबाट जारी चिकित्सा शिक्षा आयोगसहित आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको कार्यशाला गोष्ठीले न्याम्सले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको न्याम्सका रेक्टर डा. लोचन कार्कीे जानकारी दिए ।

उनका अनुसार न्याम्सले यही शैक्षिक सत्रदेखि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, पूर्वाधार तथा जनशक्तिको तयारीमा न्याम्स जुटेको छ ।

“सकेसम्म यही शैक्षिक सत्रदेखि नभ्याए आगामी सत्रबाट एमबीबीएस कक्षा सञ्चालनको तयारी गरेका छौँ, त्यसको एउटा महत्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, सोमबारसम्म फाइनल हुन्छ”, रेक्टर कार्कीले भने ।

न्याम्सले अहिले भएकै जनशक्तिबाट एमबीबीएस अध्यापन गराइने तयारी पनि गरेको छ भने प्रयोगशाला, कक्षाकोठालगायतका पूर्वाधार भने थप गर्न लागिएको उनको भनाइ छ । पूर्वाधार थप गर्न प्रधानमन्त्री तथा मन्त्रालयहरु सकारात्मक रहेको कार्कीले बताए ।

न्याम्सले अहिले एमडी/एमएस, नर्सिङ, तथा विभिन्न प्राविधिक विषयहरुमा स्नातक र स्नातकोत्तर गरी चिकित्सा शिक्षाका ६८ वटा कार्यक्रम सञ्चालन गरिरहेको डा. कार्की बताउँछन् ।

२०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भएसँगै एमडी र एमएस कार्यक्रम सुरु गरेको न्याम्सले त्यसयता तीन हजार २ सय ४६ जना स्वास्थ्य जनशक्ति उत्पादन गरेको छ ।

एमबीबीएस कार्यक्रम सुरु गर्ने सन्दर्भमा न्याम्सले २०८० पुसमा डा. कार्कीकै संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । सात सदस्यीय समितिले समितिले पूर्वाधार, जनशक्ति, आर्थिक खर्चलगायतका विषयमा विस्तृत अध्ययन गरी समितिले बुझाएको प्रतिवेदनका आधारमा एमबीबीएस अध्यापनको तयारी अघि बढाइएको हो ।

न्याम्सले एकसय सिट क्षमतामा एमबीबीएस अध्यापन गराउने र राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार त्यसमध्ये ७५ प्रतिशत छात्रवृत्ति सिट छुट्याइने कार्कीले जानकारी दिए । हाल सञ्चालन भइरहेकै स्नातकका अन्य कार्यक्रममा एमबीबीएस थप गर्न लागिएकाले यसमा चिकित्सा शिक्षा ऐनले कुनै बाधा नगर्ने रेक्टर कार्कीको भनाइ छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को प्रतिष्ठानको काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमको स्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, अस्पताल वा शैक्षिक संस्थाहरुसँग समन्वय र सम्झौता गर्नसक्ने उल्लेख छ ।

नयाँ कार्यक्रम सुरु गर्नु नयाँ मेडिकल कलेज स्थापना गर्नु अर्थात् नयाँ कलेज सुरु गर्नुजस्तै भएकाले काठमाडौंको हकमा चिकित्सा शिक्षा ऐनसँग बाझिने चिकित्सा शिक्षा सुधारका अभियान्ता जीवन क्षेत्री बताउँछन् ।

चिकित्सा शिक्षा ऐनमा ‘ऐन प्रारम्भ भएपछि दस वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न र सञ्चालन गर्न आशयपत्र प्रदान गरिने छैन’ भन्ने उल्लेख छ ।

अर्थात् ऐनले नयाँ शैक्षिक संस्था स्थापनाका निम्ति मात्रै १० वर्षे प्रावधान लागू हुने स्पष्ट पारेको छ ।

सोही ऐनको दफा १३, उपदफा २ मा प्राज्ञिक तथा भौतिक पूर्वाधार तथा व्यवस्थापकीय क्षमता भएका शिक्षण संस्थालाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न आयोगको सिफारिसमा सम्बन्धित विश्वविद्यालयले सम्बन्धन दिनसक्ने उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय