जापान । जापान सरकारले मार्च १ तारिखदेखि लागू हुने गरी जापान प्रवेश गर्ने नेपालसहित ११ देशका नागरिकहरूका लागि क्वारिन्टिन नियम थप खुकुलो बनाएको छ ।

जापानको एअरपोर्टमामा आइपुगेपछि आवास सुविधासहित इटाली, उज्वेकिस्तान, बेलायत, इजिप्ट, स्वीडेन, डेनमार्क, जर्मनी, नर्वे, पाकिस्तान, फ्रान्सबाट आउने आगन्तुकलाई हाल क़ायम रहेको ६ दिनको क्वारेन्टाइन अवधिबाट ३ दिन गराइन लागेको जापान सरकारले जनाएको छ ।

हाल ३ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन रहेका ३७ वटा देशहरूमा रहेका छन । १० दिन र ६ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन अब कुनै देशका लागि राखिएको छैन ।

मार्च १ को मध्यरात पछि  जापान प्रवेश गर्ने आगन्तुकहरूले एअरपोर्ट क्वारेन्टाइन बस्नु नपर्ने पनि जनाईएको छ । तेस्रो डोज खोप नलागेकाहरूका लागि एअरपोर्ट क्वारेन्टाइन ३ दिन बस्नुपर्ने र कोभिड १९ को परीक्षण गर्दा परीक्षणको नतिजा नेगेटिभ आयो भने आफनो आवासमा क्वारेन्टाइन रहन पनि सकिने उल्लेख गरिएको छ ।

तेस्रो बूस्टर खोप लगाएकाहरूसँग खोप प्रमाणपत्र भएकाहरूमा सैद्धान्तिक रूपमा ७ दिनसम्म आफ़्नो आवासमा क्वारेन्टाइन रहनुपर्ने भएपनि उनीहरूले जापान प्रवेश गरेको तेस्रो दिन पछि स्वेच्छाले कोभिड १९ को परिक्षण गर्दा परीक्षण नेगेटिभ आयो भने स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयलाई सूचित गरेर मन्त्रालयले पुष्टि गरेपछि घरमा क्वारेन्टाइन नबस्न पनि सकिने छ ।

जापानले सीमा कडाइलाई मार्च १ देखि बिजिनेश, विद्यार्थी, प्रशिक्षार्थी कामदार लगायतको भिसा भएकाहरूको जापान प्रवेशलाई सहज बनाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय