काठमाडौं । युक्रेनमा रहेका १९३ नेपाली सम्पर्कमा आएको जर्मनीस्थित नेपाली दुतावासले जनाएको छ ।

बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान आग्रह गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा बोर्डर खुल्ला गरेको जानकारी दिंदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले संपर्कमा आएका १९३ जना नेपाली सकुशल रहेको बताएका छन् । युक्रेनमा युद्द भड्किएपछि पोल्याण्ड, हंगेरी र स्लोभाकियाले आफ्ना सिमाहरु खोलिदिएकाले नेपालीहरु आफूलाई पायक, सहज र नजिकका ति कुनै देश गएर सुरक्षित रहनसक्ने उनको भनाई छ ।

युसीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय