
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताएका छन् ।
शनिबार पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्याएका हुन् ।
सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा हुने उनको भनाई छ ।


एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी केपी ओलीको सरकारले सम्झौता गरेको र आफूहरुले त्यो षडयन्त्रलाई भत्काएको उनको दावी छ । छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि अध्यक्ष नेपाल बताउँछन् ।
एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख अग्नि सापकोटा र आफूसहित पार्टीका नेताहरुलाई पदस्थ गर्न खोजेको भन्दै उनले आपत्ति समेत जनाए ।