काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बचाउन आफूहरु छलफलमा रहेको बताएका छन् ।

नेपाल दलित मुक्ति मोर्चाले माओवादी सशस्त्र युद्धका पहिलो शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा भएको भन्दै एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने प्रयासमा आफूहरुले छलफल गरिरहेको बताएका हुन् ।

जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाइयो,अहिले उही शक्ति एमाले हाबी हुने खतरा देखिएको अध्यक्ष प्रचण्डको भनाई छ । आफूहरु विना परिमार्जन एमसीसी पास नगर्ने पक्षमा भने आफूहरु दृढ रहेको बताउँदै उनले संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि लागिपरेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय