काभ्रे । (नेकपा माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल)को धुलिखेल नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठक शनिबार बागमति प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगर इन्चार्ज यादव ढुंगेल (जमिन)को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । बैठकले पुर्ण मान तामाङको अध्यक्षतामा सचिवालय र केही विभागहरु गठन गरेका छन् । जसमा बैठकले आर्थिक संयोजकमा श्रीराम थापा र सूचना तथा सञ्चार संयोजकमा आकाश तामाङलाई जिम्मेवारी दिइएको छ ।

थापा वाइसीएल काभ्रेका जिल्ला सदस्य तथा धुलिखेल नगर कमिटीका सचीव समेत हुन् । बैठकमा बागमती प्रदेश सदस्य तथा धुलिखेल इन्चार्ज ढुङेलसँगै धुलिखेल नगर अध्यक्ष पृथ्वी थापा, वाइसीएल काभ्रेका संयोजक प्रदिब योन्जन, वाइसीएल काभ्रेका जिल्ला सदस्य तथा समाजसेवी श्रीराम थापा लगायतले युवाहरुको नेतृत्व सम्बन्धि भुमिकाको विषयमा आआफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय