काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा मान्य नहुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पुर्वप्रधानमन्त्री खनालले एमसीसीमा शर्तैशर्त बेरिएकाले यो मान्य नहुने बताएका हुन् । उनले नेपालको स्वतन्त्रतालाई सम्मान गरेर दिएको सहयोग मात्र लिनुपर्ने बताए ।

उनले एमसीसीमाथि सदनमा छलफल गर्ने वातावरण नभएको भन्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए । खनालले व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्न नहुने बताए । पूर्वप्रधानमन्त्री खनालले एमसीसी सँग भएको सम्झौताको सबै प्रक्रियाहरुको बारेमा सांसदहरुले जान्न र छलफल गर्न पाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय