काभ्रे । जिल्लाको बनेपा नगरपालिका–१० स्थित् अरनिको राजमार्ग अन्तर्गत पुलबजारमा शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज गरेका छन् । बम जस्तो देखिने उक्त शंकास्पद बस्तु धुलिखेलमा रहेको कालिजंग गण सह–सेनानी अजय परियारको टोलीले डिस्पोज गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी तथा डिएसपी हरि खतिवडाले शंकास्पद बस्तु राख्ने महाभारत गाउँपालिका–६ का युगान्त लामा र विवेक थिङलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उनीहरुलाई सीसी क्यामेराको सहायतामा बनेपाबाट पक्राउ गरिएको हो ।

डिएसपी खतिवडाले अरनिको राजमार्गको बिच सडकमा ‘नो एससीसी’ र ‘खतरा’ लेखिएको शंकास्पद बस्तु फेला परेसँगै विष्णुदल गणबाट खटिएको प्राविधिक टोली डिस्पोज गरिएको बताए ।

राजमार्गमा विहानैदेखि सवारीसाधन आवतजावत रोकिएमा बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेसँगै पुनः सुचारु भएको छ । आइतबार संससदबाट अमेरिकी सहयोग एमसीसी पास भएसँगै सोको विरुद्धमा विभिन्न ८ राजनीतिक दलले नेपाल बन्द आव्हान गरिएकै दिन शंकास्पद बस्तु भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय