काठमाडौं । एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्ने तयार भएका छन् । एमसीसीमा भएका केही प्रावधानलाई नेपालको हित अनुकूल व्याख्यात्मक घोषणासहित पास गर्नुपर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको मध्यमार्गी लाइनमा अमेरिका पनि सहमत भएको हो ।

दुवै दलका नेता कर्याकर्ताले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका थिए । गठबन्धनका एक नेताका अनुसार व्याख्यात्मक घोषणासहित पास गर्दा अमेरिका मान्न तयार हो भनेर नेपाल सरकारले शनिबार टेलिफोन गरेर अमेरिकी सरकारलाई सोधेको थियो ।

जवाफमा अमेरिकी सरकारले नेपालको निर्णय मान्न तयार भएको बताएका थिए । त्यसपछि लामो समयदेखिको आन्दोलन र विरोध पनि मत्थर हुने र एमसीसी पनि पास हुने बाटोमा जान माओवादी केन्द्र र एकीकृत समाजवादी तयार भएका हुन् ।

सोही अनुरुप नै प्रतिनिधिसभामा एमसीसी बहुमतले पारित भएको थियो । माओवादी केन्द्रका एक नेताका अनुसार त अमेरिकाले व्याख्यात्मक घोषणा मान्न तयार भएको भनेर पत्र नै पठाएको दाबी गरे ।

ती नेताले यथास्थितिमा एमसीसी पास गर्दा नेपालमा रत्तपातपूर्ण आन्दोलन हुने र राजनीतिक दलहरु पनि विभाजिन हुने भएकाले अमेरिका पनि व्याख्यात्कम घोषणासहित अनुमोदन हुने एमसीसी मान्न तयार भएको बताए । अमेरिकाले व्याख्यात्कम घोषणासहित एमसीसी मान्न तयार भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारका अनुसार व्याख्यात्कम घोषणासहित संसदबाट एमसीसी पास गर्न प्रधानमन्त्री र प्रचण्ड तयार भएका थिए । लामो समयको रस्साकस्सीपछि एमसीसी पास भएको छ ।

एमसीसीमा भएका केही बुँदालाई लिएर सत्ताघटक माओवादी केन्द्र, एकीकृत समाजवादी आन्दोलनमै उत्रिएका थिए । उनीहरुबीच सत्ता गठबन्धन नै टुट्ने अन्तिम तयारीमा पुगेको थियो । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न देउवा तयार भएपछि गठबन्धन पनि बचेका छन् ।

एमालेका एक नेताका अुनसार एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा वा एमालेबाट विभाजित भएका १४ सांसद खारेजीको सूचना टाँसका माग सम्बोधन नभएकाले संसद् अवरोधको आन्दोलनलाई निरन्तरता दिने निणर्य गरेपनि एमसीसीको पक्षमा भने मौन समर्थन गरेको बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको माग अनुसार सत्ता घटक कांग्रेस व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न तयार भएको हो । भने एमाले र जसपा भित्रको डा. बाबुराम भट्टराई पक्ष जस्ताको तस्तै एमसीसी पास गर्नु पर्नेमा भएपनि व्याख्यात्मक रुपमा एमसीसी पास भएको हो ।

त्यस्तै सोमबार प्रचण्डले विशेष सम्बोधन गर्ने क्रममा पनि व्याख्तात्मक घोषणा अमेरिकाले मान्न तयार पछि नै एमसीसी पास गरेको इंकित गरेका थिए । यसले पनि प्रष्ट हुन्छ कि अमेरिका एमसीसीबारे नेपालको व्याख्यात्मक घोषण मान्न तयार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय