बनेपा, काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकास्थित् श्रीखण्डपुरका रञ्जितकर परिवारले शिवरात्रिका दिन पारेर बनेपाको धानेश्वर मन्दिर परिसरमा निशुल्क प्रसाद, पानी लगायत वितरण गरेको छ ।

गौरिशंकर रञ्जितकरले प्रत्येक वर्ष शिवरात्रिमा धानेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई निशुल्क प्रसाद स्वरुप खाजा, पानी बाँड्दै आएको जानकारी दिए ।

त्यस्तै हरिकृष्ण रञ्जितकरले गत वर्ष कोरोना भाइरसको महामारीबिच पनि ७ हजार भक्तजनलाई निशुल्क प्रसाद वितारण गरेको बताउँदै प्रसादमा हलुवा, चनासँगै चिया र पानी समेत भक्तजनलाई बाँडिएको बताए । उनले भने यसवर्ष १० हजार नाघ्ने अनुमान गरिएको छ ।

सो सामाजिक कार्यमा गौरीशंकर र हरिकृष्णसँगै रञ्जितकर परिवारका गंगासागर रञ्जितकर, मंगललाल रञ्जितकर, लहरलाल रञ्जितकर, भावसागर रञ्जितकर लगायत १० जना भन्दा बढी खटिएका छन् । उनीहरुले मन्दिर परिसरमा स्टल नै राखेर विहानैदेखि भक्तजनहरुको सेवा गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय