धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाबाट संघ र प्रदेश सरकारका लागि ४ अर्ब २१ करोड ७७ लाख ४३ हजार ५ सय २९ रुपैया राजश्व संकलन गरेको छ । संघ सरकारका लागि ३ अर्ब ८५ करोड ३६ लाख ४४ हजार २ सय ५७ रुपैया र प्रदेश सरकारका लागि ३६ करोड ४० लाख ९९ हजार २ सय ७२ रुपैया राजश्व संकलन भएको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेल मार्फत राष्ट्रिय बाणिज्य बैकमा १ अर्ब ४८ करोड ८३ लाख १५ हजार १ सय ६८, कृषि विकास बैक मार्फत ५१ करोड ३८ लाख २६ हजार ६ सय ४३ र नेपाल बैक लिमिटेड मार्फत १ अर्ब ५८ करोड ३५ लाख ६७ हजार २ सय २७ रुपैया गरी कुल ३ अर्ब ५८ करोड ५७ लाख ९ हजार ३८ रुपैया संघ सरकारलाई संकलन भएको छ ।

संघ सरकारको खातामा कोष तथा लेखा नियन्त्रक कार्यालयले ८ करोड ७९ लाख ५९ हजार ८ सय ७४ रुपैया राजश्व संकलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले २ करोड ५१ लाख ५७ हजार ५ सय ५ रुपैया राजश्व संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले ९ करोड ८५ लाख ७५ हजार ३० रुपैया राजश्व संकलन गरेको छ भने जिल्ला अदालत काभ्रेपलाञ्चोकले १ करोड ९६ लाख ९४ हजार २ सय ८० रुपैया राजश्व संकलन गरेको छ । जिल्ला हुलाक कार्यालयले ३१ लाख ८४ हजार ८ सय ४८ रुपैया राजश्व संकलन गरेको छ । संघ सरकारलाई राजश्व बुझाउने २४ वटा कार्यालय छन् । सुर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाले १ करोड २२ लाख ७० हजार ३ सय ९८ रुपैया बुझाएको छ ।

प्रदेश सरकारका लागि जिल्लामा रहेका १९ वटा कार्यालयले ३६ करोड ४० लाख ९९ हजार २ सय ७२ रुपैया राजश्व बुझाएका छन् । मालपोत कार्यालयले संकलन गरेको राजश्व स्थानीय तहलाई पनि बाँडफाँड हुने गरेको छ । बाँडफाँडबाट बाँकी रहेको २६ करोड २९ लाख ९६ हजार ९ रुपैया राजश्व संकलन गरी पठाएको छ । घरेलु तथा साना उद्योग कार्यालयले २ करोड ११ लाख ५६ हजार ८ सय, प्रदेश लेखा इकाई कार्यालयले ३ करोड १ लाख ७ हजार ९ सय ५१ रुपैया संकलन गरेको छ ।

शहरी विकास तथा भवन कार्यालयले ९ लाख ७८ हजार ४ सय ७५, सार्वजनिक निर्माण कार्यान्वयन इकाईले १ करोड २६ लाख २२ हजार ४ सय ३८ र पुर्वाधार विकास कार्यालयले ५६ लाख १८ हजार ६ सय ४७ रुपैया संकलन गरेको छ । जलश्रोत सिंचाई विकास डिभिजन कार्यालयले १२ लाख ८ हजार २ सय ४२ रुपैया राजश्व संकलन गरेको छ । मदानीबिटबाट

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय