
काठमाडौं । बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयले निर्णय गरेको छ । शेर्पा समूदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा गृह मन्त्रालयले बिहीबार बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
मन्त्रीस्तरीय बैठकबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिएका छन् । सबै खाले ल्होसारमा सरकारले बिदा दिँदै आएको छ । बौद्ध धर्मावलम्बीहरूको पनि ग्याल्पो लोसार एक प्रमुख चाड रहेको छ ।

