
काभ्रे । बागमती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालले एमाले अध्यक्ष केपी ओली संविधानको पक्षमा नभएको बताए । बुधबार काभ्रेको चौरीदेउराली ५ स्थित कुँडारीमा सहिद तथा बेपत्ता परिवार सम्मान तथा सालिक अनावरण कार्यक्रममा मन्त्री ढकालले सो कुरा बताएका हुन् ।
उनले संविधानमा संघीयता, धर्मनिरपेक्ष महिला, दलितको लगायतको अधिकार भएको र जुन ओली नरुचाएको दाबी गरे । त्यस्तै उनले ओलीकै नेकपा फुट्न पुगेको समेत बताए ।


मन्त्री ढकालले ओली भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै उनी भ्रष्टचारीको संरक्षण गरिरहेको बताए ।
मन्त्री ढकालले माओवादीले जनता सामु गरेका राजनीतिक प्रतिबद्धता पूरा हुँदै गएको र विकासको नेतृत्व कर्ता पनि माओवादी भएको बताए ।
उनले संघीयतासँगै गाउँ गाउँमा देखिएको विकास माओवादी आन्दोलनकै जगमा भएको बताए ।