काठमाडौं । सत्ता गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठकले लगातारको अवरोधले संसदप्रति जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेलाई आग्रह गरेको हो ।

गठबन्धनको बैठकले जेठ १५ गते बजेट ल्याउनु पर्ने र संसदमा विचाराधीन कतिपय विधेयक पारित गर्नुपर्ने भएकाले संसद् अवरोध हटाउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

यस्तै,प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको समेत बताए । एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसीसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न उनको आग्रह छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय