काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।

राष्ट्रिय सभा गृहमा अहिले बिहान ११ बजेदेखि सुरु हुने बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ । आजको बैठकले पुसमा सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारेसमेत कार्यनीति तय गर्ने जनाइएको छ । अमेरिकी आर्थिक सहायता एमसीसी अनुमोदनपछि पार्टीभित्र देखिएको विवादको समाधानको पहल, पदाधिकारी चयन तथा सङ्गठनात्मक कार्य विभाजनको काममापनि आजको बैठक केन्द्रीय रहनेछ ।

व्याख्यात्मक घोषणासँगै एमसीसी सम्झौता संसद्बाट गत आइतबार पारित भएपछि माओवादी केन्द्रमा विवाद चर्किएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेललगायतका नेता असन्तुष्ट छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसंग असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा एमसीसी अनुमोदनको पक्षमा उभिएको नेतृत्वको चर्को आलोचना गर्दैछन् । श्रेष्ठ पछिल्लो समय दाहालसंग रुष्ट छन् ।

पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत सहमति गरेर एमसीसी पारित गर्ने रणनीति अध्यक्ष दाहालले बनाएपछि उनको आलोचना भइरहेको छ । बैठकमा प्रदेशका अध्यक्षहरू र आयोगका सदस्यलाई पनि बोलाइएको छ। यसअघि केन्द्रीय समितिको बैठक तीन पटक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय