काठमाडौं । सरकारले विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई बर्खास्त गरेर राम्रो काम गरेको भन्दै माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले कटाक्ष गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उद्योगीले तिर्नुपर्ने बक्यौताको विषय उठाएका हुन् ।


अमुक उद्योगीलाई फ्री छोड्ने कुरा उचित नभएको उल्लेख गर्दै उनले भने, ‘एउटा उद्योगीले ६ अर्ब तिर्नुपर्दैन भने नेपाली जनताले प्रतिमहिना तीन सय रुपैयाँ तिर्नुपर्छ कि पर्दैन ?’










