काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उसभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको बताए ।

शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोदनका लागि व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको बताएका हुन् ।

यस्तै, उनले आगामी चुनावमा एक नम्बरमा कांगेस र दोस्रो दल माओवादी हुने बताएका छन् । समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनको भनाई छ । नेकपा एमाले गाउँगाउँ गइसकेको, कांग्रेसको आफ्नै खालको भोट बैंक रहेको भन्दै अध्यक्ष प्रचण्डले युद्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्ने बताए । गठबन्धन बचाएर एमालेलाई फेरि ’कर्नर’मा पुर्याइदिएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय