महाभारत, काभ्रे । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको सक्रियतामा गाउँपालिकाभित्र एकै पटक तीन विद्यालयको १८/१८ कोठेका सात भवन शिलान्यास भएका छन् ।

विहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले महाभारत–८ स्थित् घर्तिछापमा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा मुख्य मन्त्री पाण्डेले शिक्षकहरुलाई पूरानै ढर्रामा नभई बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउन आग्रह गरेका छन् ।

उनले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई ज्ञान, सीप र क्षमतावान् राम्रो शिक्षक भए चौरमा पनि राम्रो शिक्षणसँगै क्षमतावान् जनशक्ति उत्पादन हुने बताए ।

मुख्य मन्त्री पाण्डेले विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गर्न सके मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताए । उनले प्रदेश सरकारले गरिब, दलित तथा जेहेन्दार महिलालाई भेटनरी, कृषि, इन्जिनियर पढाउने र सम्बन्धीत पालिकामा रोजगारी दिने बताए ।

उनले भने, ‘समुदायिक विद्यालयमा पढ्ने छात्रालाई छात्राबृद्धि दिदैँ छो, जसले गर्दा अबका दिनमा कुनै छात्राले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुने छैन ।’

गाउँपलिका अध्यक्ष जिम्बाले १३ करोड ४८ लाख ७५ हजार ७ सय ३० रुपैयाँ लागतमा तीन विद्यालयको बन्ने जानरकारी दिए । जसमा महाभारत–१, २ र ८ मा रहेको गोकुले माध्यमिक विद्यालय, कालीदेवी मावि र जनकल्याण माविमा १८/१८ कोठे भवन निर्माण हुने भएको छ ।

उनका अनुसार गोकुले मावि ५ करोड ९२ लाख ६५ हजार ९ सय ४३ रुपैँयाको लागतमा १८ कोठे दुई भवन, कालीदेवी माविमा ६ करोड ९६ लाख ६१ हजार ३५ मा १८ कोठे तीन भवन र जनकल्याण माविमा ५ करोड ९४ लाख २८ हजार ८ हजार ७ सय ५१ रुपैयाँमा १८ कोठे दुई भवन बन्ने छन् ।

‘पाल टाँगेर’ बस्न निर्देशन
मुख्यमन्त्री पाण्डेले व्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन गुणस्तरीयताका लागि निर्माण सम्पन्न नहुञ्जेल ‘पाल टाँगेर’ बस्न निर्देशन दिएको छ । उनले निर्माण कम्पनीले निर्धारित समयसीमाभन्दा अगावै भवन निर्माण सम्पन्न गर्नसमेत अनुरोध गरे । सम्झौतामा निर्माण कम्पनीले आर्थिक वर्ष २०७९/८० भित्र सम्पन्न गरी सक्नु पर्ने छ ।

मुख्यमन्त्री पाण्डले रोशी गाउँपालिकाको पिन्थलीबाट महाभारतको घर्तीछाप–गोकुले हुँदै मकवानपुर जोड्ने सडकका लागि प्रदेश सरकारबाट ५० करोड छुट्याउने निर्णय भएको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय