काठमाडौँ ।नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ। गत साउन २५ देखि निरन्तर बसिरहेको स्थायी समिति बैठकमा ४२ जना नेताहरूले धारणा राखेको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार, मंगलबारबाट सदस्यहरूले बोल्ने क्रम सकिएको छ। अब अर्को बैठक आगामी बिहीबार बस्दैछ।


बिहीबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने तयारी रहेको उनले जानकारी दिए।










