काठमाडौँ । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको बैठकले आगामी भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

२०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन।

यसैबीच जनैपूर्णिमा पर्वको अवसरमा यही भदौ ३ गते सोमबार संघीय सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय