काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) तेमाल गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सोमबार नारायणस्थानमा नेकपा(माओवादी केन्द्र) का वागमती प्रदेश सचिवालय सदस्य डि.एम. लामाको प्रमुख आतिथ्यमा भव्य सम्पन्न भएको हो ।
सम्मेलनबाट सरोज त्रिपाठिको अध्यक्षतामा गाउँपालिका कमिटि गठन गरेका छन् । कमिटिको उपाध्यक्ष क्याट्रीना तामाङ, रोनिक तामाङ सचिव सविना लामा, सहसचिव प्रवेग दोङ, रोश्नी नेपाली र कोषाध्यक्ष कृष्ण कुमारी सापकोटा चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा, सुवास ग्लान, सिर्जना लामा, सागर लामा, प्रशान्त लामा, कोपिला सापकोटा, देवराज तामाङ, रमिता तामाङ र बिप्लव तामाङ चयन भएका छन् ।
प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) का वागमती प्रदेश सचिवालय सदस्य डि.एम. लामाका अतिथिहरु पार्टी गाउपालिका इन्चार्ज तथा अध्यक्ष समीर लामा , उपाध्यक्षहरु कल्पना लामा र ग्याम्जो लामा , अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्यहरू युबराज लामा, मुना थापामगर , निर्मला गौतम , मास ब. लामा जिल्ला उपाध्यक्ष विवश लामा, विबेक लामा , जिल्ला सचिवालय सदस्य प्रमी तामाङ लगाएतको गाउँपालिका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।










