काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) नमोबुद्ध नगरपालिकाको तेस्रो सम्मेलन नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ ।
सम्मेलनबाट विपिन कुंइकेलको अध्यक्षतामा नगर समिति गठन गरेका छन् । समितिको उपाध्यक्ष प्रेमिका तामाङ, कृष्णमाया तामाङ सचिवमा रुकमिनि श्रेष्ठ , सहसचिवमा निश्मा तामाङ, उषा तामाङ र कोषाध्यक्षमा रवि तामाङ चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा, रन्जु श्रेष्ठ, सरिस्ता तिवारी, राजेश्वरी श्रेष्ठ, दिपेश खनाल, सलिना सार्की, सलोन स्याङतान, अनुज्ञ अधिकारी, अनिषा तामाङ, मनिषा अधिकारी, नविना थापा र सरिन तामाङ चयन भएका छन् ।
सरिता तामाङको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) का वागमती प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज टासी लामा अतिथिहरु नेकपा(माओवादी केन्द्र) काभ्रे जिल्ला सदस्य तथा नगर उपप्रमुख रत्न लामा, माओवादी केन्द्र नगर सचिव ज्ञानेन्द्र देवकोटा, नगर सचिवलय सदस्य एक्सन लामा, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष विवश लामा, अखिल चौरिदेउरराली इन्चार्ज सपार गौताम लगायत नगरका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।










