काभ्रे । अखिल(क्रान्तिकारी) पनौती नगर समितिको दोस्रो सम्मेलन शनिबार इन्द्रेश्वर मा.वि. भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) वाग्मती प्रदेश समितिको सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (क.अनुशील)ले दुईवटा मैनबत्ती प्रज्ज्वलन गरेर गर्नुभएको थियो।

सम्मेलनमा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि घिसिङले अखिल(क्रान्तिकारी) नेपाली विद्यार्थी आन्दोलनको प्रमुख संवाहक शक्ति रहेको बताउनु भयो। महंगी,भ्रष्टाचार, शैक्षिक क्षेत्रमा रहेको असमानता, विकृति, संगति विरुद्ध र राष्ट्रियता,जनजीविका, विद्यार्थीहरुक‍ो हकहितमा अखिल(क्रान्तिकारी) इतिहासदेखि वर्तमानसम्म संघर्ष गर्दै आइरहेको पनि बताउनु भयो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य सुन्तली थिङ(मनिता) नगर समिति हस्त बहादुर तामाङ, उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज निर्मला गौतम, जिल्ला उपाध्यक्ष विवेक लामा, जिल्ला सचिवालय सदस्य युवराज लामाले शुभकामना मन्तव्य राख्नुभएका थिए।

सम्मेलनबाट विपन चामलिङको अध्यक्षता ३९ सदस्यीय नगर समिति चयन गरेका छन् । समितिको उपाध्यक्ष्मा राज भुजेल, निरोज सिंतान, रोश्नी थोकर, मदौतम आचार्य, चरिना स्याङतान सचिवमा रोशन वाईबा, सन्जिव तामाङ, र कोषाध्यक्षमा अशोक तामाङ चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा सलिना कार्की, आस्मा तामाङ, सुनिता तामाङ, जगत तामाङ, निशान बस्नेत, सविन सागा, अजय थिङ, अजय तितुङ, सविन दोङ, किरण तामाङ, राहुल तामाङ, अस्थीर लामा, सविन घिमिरे, नितेश तामाङ, सरोज घलान, अनिल बल, आकाश घलान, रिजन थापा, सुर्यमान दोङ, मन्दिप देउजा, सान तामाङ र सविन तामाङ चयन भएका छन् ।

सम्मेलनमा विद्यार्थी नेता बुद्ध लामा अध्यक्षता र विकास लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय