खानीखोला गाउँपालिकाको १५ औं गाउँ सभाको आठौं बजेट अधिवेशनमा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वजेट वक्तव्य

आदरणीय सभाध्यक्षज्यू,
गाउँसभा सदस्यज्यूहरू
आदरणीय सभाध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरु
१) नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागीता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रावह गर्न स्थापना भएको यस खानीखोला गाउँपालिकाको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार यस गरिमामय अधिवेशनमा खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य यस सभा समक्ष पेश गर्न पाउदा अत्यन्त हर्षित भएको छु । आम नागरिकको इच्छा आकांक्षालाई पुरा गर्ने सन्दर्भमा गाउँपालिकाको समग्र विकासको खाका, नेतृत्वको सोच र प्रतिवद्धतालाई योजनाबद्ध रुपमा पेश गर्न पाउदा गर्वित महशुस गरेको छु ।

२) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल निर्माणको चरणसम्म आइपुग्दा घाइते तथा वेपत्ता पारिएका परिवार र व्यक्ति प्रति सम्मान प्रकट गर्दै शहीदहरु प्रति श्रद्धान्जली अर्पण गर्दछु । यस गाउँपालिकाको समग्र परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्नु हुने अग्रज व्यक्तित्वहरुले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँहरुप्रति सम्मान गर्न चाहन्छु ।

(३) “हामी बनाउँछौ, हाम्रो खानीखोला भन्ने दीर्घकालिन सोचका साथ कृषि, पशुपालन, व्यापार, व्यवसाय, उद्योग र पर्यटनको विकास एवम् विस्तारलाई मध्यनजर गरी यस आर्थिक वर्षमा समृद्ध र समाजवाद उन्मुख खानीखोलाको आधारशिला निर्माण गर्नुको साथै आधारभूत स्वास्थ्य र शिक्षा सेवा निशुल्क प्राप्त गर्ने नागरिकको हकको रुपमा यो बजेटलाई केन्द्रित गरिएको छ ।

४) गाउँपालिकाको समन्यायिक विकास, श्रोत साधनको समानुपातिक वितरण मार्फत गाउँपालिकाको सबै क्षेत्र वर्गको उत्थान मार्फत समृद्धी र न्यायपूर्ण खानीखोला समाजको निर्माण गर्ने गरी यो आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गरेको छु ।

५) आ.व. २०८१/०८२ को बजेट तर्जुमा गर्दा नेपालको संविधान, नेपाल सरकार र प्रदेश सरकारको नीति, कानुन, निर्देशनहरु, पन्ध्रौ आवधिक योजना, बागमती प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्य, विषयगत समितिबाट भएका निर्णय, निर्देशन तथा गाउँसभा सदस्यज्यूहरुले प्रदान गर्नुभएको सुझाव समेतलाइ आत्मसात गरी वजेट तर्जुमा गरेको छु । यस बाहेक गाउँपालिकामा क्रियाशिल राजनितिक दल, बुद्धिजिवि, नागरिक समाज, पत्रकार, समाजसेवि, संघ संस्थाहरु लगायतले दिनु भएको सुझावहरुलाई समेत बजेट निर्माणको आधार मानिएको छ ।

आदरणीय सभाध्यक्षज्यू,
सभाका सदस्यज्यूहरू,
अब म आर्थिक वर्ष २०८१/०८२ को बजेटको उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्ः-

(क) उपलब्ध स्रोत साधन, अवसर र क्षमताको महत्तम परिचालन गरी पालिकाको भौगोलिक धरातल र भूस्वरुपमा आधारित यथार्थपरक आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने ।

(ख) सबै प्रकारका महामारी, प्रकोप र विपद्बाट गाउँबासीको जीवन रक्षा गर्दै जनजीवनलाई सहज, सरल, सुरक्षित र मर्यादित र व्यवस्थित बनाउने ।
(ग) स्वास्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने

(घ) सामाजिक, आर्थिक, राजनीतिक, न्यायिक, प्रशासनिक, वातावरणीय र भौतिक पूर्वाधार विकास मार्फत उत्पादनशील एवम् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने । बजेटका उपरोक्त उद्देश्यहरू हासिल गर्न देहायका क्षेत्रगत कार्यक्रमलाई प्राथमिकता निर्धारण गरेको छु:-

(क) सबै प्रकारका स्वास्थ्य जोखिमबाट गाउँबासीलाई सुरक्षित राख्न र गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउन तथा स्वास्थ्य सेवाको क्षमता विस्तार, स्तरोन्नती र स्वास्थ्य जनशक्तिको विकास गर्ने ।

(ख) प्राकृतिक विपद्, भौगोलिक कठिनाइ र विभिन्न रोग, भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनःस्थापना गर्दै चलायमान आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न कृषि, पशुपालन, व्यापार, व्यवसाय, घरेलु उद्योग र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिने ।

(ग) खानीखोला गाउँबासीका लागि काम र रोजगारीको अवसर, खाद्य सुरक्षा र सामाजिक संरक्षण गर्ने ।

(घ) विकासको शीघ्र प्रतिफल प्राप्त हुने र आगामी वर्षभित्र सम्पन्न हुने अधुरा आयोजना कार्यन्वयन गर्ने ।

(ङ) गुणस्तरीय र जीवनोपयोगी शिक्षा र स्वास्थ्य, सुचना प्रविधिको विस्तार, हरित वृद्धि सुहाउँदो भौतिक पूर्वाधार, आधारभूत खानेपानी, सरसफाई तथा सिंचाइ लगायत समष्टिगत कृषि तथा गैरकृषि क्षेत्रको विकास गर्ने ।

च) प्रभावकारी एवम् गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गर्ने ।

आदरणीय सभाध्यक्षज्यू
आदरणीय सभासदस्यज्यूहरू ।
अब म आर्थिक वर्ष २०६१/०६२ का अनुमानित आय व्यय प्रस्तुत गर्न चाहन्छु ।

१. आर्थिक वर्ष २०८१ / ०६२ मा नीति, योजना कार्यक्रम कार्यान्वयन गर्न कुल आयव्यय रु ५० करोड २७ लाख १४ हजार ३ सय ७४ रुपैया मात्रको अनुमानित प्रस्ताव गरेको छु ।

२. कुल प्रस्तावित आय रकममा सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान रकम रु. ७ करोड ३५ लाख, सङ्घीय सरकार सशर्त अनुदान रकम रु. १६ करोड ७६ लाख ५० हजार, सङ्घीय सरकार राजस्व बाँडफाँड रकम रु. ७ करोड ८२ लाख, सङ्घीय सरकार विशेष अनुदान रकम रु. १ करोड ६० लाख गरी सङ्घीय सरकारबाट प्राप्त कूल जम्मा बजेट ३३ करोड ५३ लाख ५० हजार रुपैया अनुमानित आय प्राप्त भएको छ । त्यसैगरी प्रदेश सरकार वित्तिय समानिकारण अनुदान रकम रु. ६४ लाख ८४ हजार, प्रदेश सरकार सशर्त अनुदान रकम रु. १ करोड ९३ लाख ९२ हजार, प्रदेश सरकार समपुरक अनुदान रकम रु. ६० लाख, प्रदेश सरकार विशेष अनुदान रकम रु. ८० लाख, प्रदेश सरकार सवारी साधन राजस्व बाँडफाँडबाट प्राप्त रकम रु. १ करोड ६४ लाख ७ हजार ८ सय गरी प्रदेश सरकारबाट प्राप्त कूल जम्मा बजेट ५ करोड ६२ लाख ८३ हजार ८ सय रुपैया अनुमानित आय प्राप्त भएको छ ।

३. चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक योजना तथा कार्यक्रम र बजेट बाँडफाँड गरी स्वीकृत गर्दा रु. ५ करोड भन्दा बढीले घाटा बजेट सहित आय व्यय स्वीकृत भई चालू आर्थिक वर्षको हिउँदे अधिवेशनबाट समेत विनियोजित बजेट कार्यान्वयन भई असार मसान्तसम्म भुक्तानी हुने भएकोले सो घाटा बजेट परिपूर्तिमै सीमित रही भुक्तानी सन्तुलन कायम गरी हिसाब मिलान गर्नु परेको हुँदा आर्थिक वर्ष २०६१/०६२ मा चालु आर्थिक वर्षको रकम मौज्दात रहने नदेखिएको व्यहोरा सम्मानित सभा समक्ष अवगत गराउन चाहन्छु ।

४. जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेपलाञ्चोकबाट २ करोड ६ लाख, सामाजिक सुरक्षातर्फ ४ करोड, आन्तरिक स्रोतबाट अनुमानित ५० लाख सेवा शुल्क तथा दस्तुर प्रक्षेपण गरी कूल जम्मा बजेट माथि उल्लेखित रकम रु. ५० करोड २७ लाख १४ हजार ३ सय ७४ रुपैया मात्र अनुमानित बजेट प्रक्षेपण गरेको छु ।

५. कूल विनियोजित रकममा आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, विपद् व्यवस्थापन, सुशासन, सेवा प्रवाह र संस्थागत क्षमता विकास तथा समपूरक अनुदान कोष गरी खर्च हुने प्रक्षेपण गरिएको छ ।

६. सामाजिक सुरक्षातर्फ रु. ४ करोड खर्च हुने अनुमान गरिएको छ । साथै सङ्घीय सरकार अन्तर्गत सशर्त अनुदान चालू तथा पूँजीगत खर्चतर्फ रु. १६ करोड ७६ लाख ५० हजार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान कार्यक्रमतर्फ १ करोड ९३ लाख ९२ हजार रहेको छ ।

अब म आर्थिक वर्ष २०८०/०८१ को बजेटका क्षेत्रगत कार्यक्रम तथा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
आगामी आर्थिक वर्षको क्षेत्रगत रुपमा बजेट विनियोजन गर्दा शीघ्र आर्थिक विकास हुने, छिटो प्रतिफल प्राप्त गर्न सकिने, आगामी वर्षभित्रै सम्पन्न हुने योजनाको सुनिश्चितता, सामाजिक सेवामा जोड दिने, सेवा प्रवाहलाई प्रभावकारी एवम् गुणस्तरीय बनाउने तथा सार्वजनिक निजी सहकारी र सामुदायिक क्षेत्रसँगको साझेदारीबाट विकास प्रक्रियालाई अघि बढाउने कार्यक्रमहरूमा जोड दिइएको छ ।

क. आर्थिक विकास
कुषि, पशु र सहकारी
१. “हामी बनाउँछौ हाम्रो खानीखोला निर्माण गर्ने सम्बाहकको रुपमा लिई आर्थिक क्षेत्रको विकासको केही बजेट विनियोजन गरिएको छ ।

२. प्रत्येक वडालाई छुटुटा छट्टै कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कृषि र पशुका कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

३. योगदान र कार्यविधिमा आधारित कृषि र पशु ब्लक कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

४. कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषिको विकास र विस्तार गर्न अनुदान र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

५. साना, घरेलु तथा लघु उद्यम कार्यक्रमलाई प्रोत्साहन गर्न महिला उद्यमीहरूको नाममा गाउँपालिकामा दर्ता गर्न लाग्ने कर तथा शुल्कमा तीस प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाइएको छ ।

६. बेरोजगार युवाहरूको लागि लक्षित गरी बाँझो जमिन उपयोग गर्न अनुदानमा आधारित कृषि र पशु विकास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । ७. यस गाउँपालिकालाई कृषिमा आधारित पर्यटन विकासका लागि कफी खेती प्रवर्द्धन तथा विस्तारको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

११. उत्पादनका लागि नर्सरी, कफी विकास योजना, प्रोत्साहन, रैथाने बिउँ उत्पादन, बेमौसमी खेती सिंचाइका लागि प्लास्टिक पोखरी वितरण, कृषि र पशु बीमा, पशु स्वास्थ्य घुम्ती शिविर, कृषि उपजको मूल्य अभिवृद्धि लगायतका कार्यक्रमहरूका लागि बजेट विनियोजन गरी कृषि क्षेत्रको विकास वितरणमुखी भन्दा आय आर्जन उत्पेरित हुने गरी बजेट तर्जुमा गरिएको छ ।

१२. खानीखोला गाउँपालिका भित्रको खानीहरु उत्खनन हुने स्थानहरुको पहिचान गरी सो क्षेत्रको खानीजन्य पदार्थ उत्खननका लागि उचित बजेट व्यवस्था गरिएको छ ।

१४. खानीखोला गाउँपालिकामा स्थानीय खरिद बिक्री केन्द्र सञ्चालनलाई थप प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

१५. यस खानीखोला गाउँपालिकाका नागरिकको उत्पादन क्षमता अभिवृद्धि गरी जीवनस्तर उकास्न कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरिएको छ ।

(ख) सामाजिक विकास क्षेत्र
१. सामाजिक क्षेत्रको विकासका लागि करिव २ करोड छुट्टयाइएको छ ।

२.”स्वास्थ्य नै धन” भन्ने मुल नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई यस गाउँपालिकाको सबै नागरिकहरूको पहुँचमा पु-याउन जनसंख्या, भौगोलिकता र स्वास्थ्य सेवाको उपलब्धतालाई स्तरोन्नति गरिंदै लगिनेछ ।

३. दीर्घरोगी, असाध्यरोग, क्यान्सर र मिर्गौला रोगीहरूलाई राहत कार्यक्रम बढाउनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

५. स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र आपूर्ति व्यवस्थापन सूचना प्रणालीका लागि बजेट छुटयाइएको छ ।

६. निजी क्षेत्रका स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी गरी विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ ।

७. प्रसुती सेवा तथा बर्थिङ सेन्टरको संस्थागत विकास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

८. गाउँ शिक्षा योजना तर्जुमा गरी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र स्थानीय पाठ्यक्रम समेत लेखनका लागि बजेट व्यवस्थापन गरिएको छ ।
बालबालिकाहरूको लागि शैक्षिक सामाग्री व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

१०. विपन्न, दलित र अल्पसंख्यक विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

११. लोपोन्मुख तथा सिमान्तकृत लक्षित समुदायको उत्थान र विकासका लागि बजेट विनियोजन गरिएको छ ।

१२. दलितहरूको पराम्परागत सीप र कलाको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
१३. महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

१४. दलित, अपाङ्ग, जेष्ठ नागरिक, आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

१५. सहकारी संस्था सुदृढीकरण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

१६. असाहय महिला, बालबालिका, बृद्ध लगायतका नागरिकहरूको लागि उद्धार र संरक्षको लागि बजेट विनियोजन गरिएको छ ।

१७. अपाङ्गता भएका नागरिकले जग्गा खरिद गर्दा घरबाटो सिफारिसमा लाग्ने दस्तुरमा तीस प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । तर यस्तो छुट लिनका लागि अपाङ्गता परिचयपत्र पेश गर्नु पर्नेछ ।

१८. खेलकुद विकास समितिलाई संस्थागत एवम् क्रियाशील बनाई खेलकुदका गतिविधि र क्रियाकलाप सञ्चालन गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

(ग) पूर्वाधार विकास
१. गाउँपालिकाको कार्यालय भवन, गाउँपालिकाका वडाको गौरवका आयोजना लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै पूर्वाधारजन्य विकासको लागि केही बजेट विनियोजन गरिएको छ ।

२. यसबाट वडाको समस्या र आवश्यकता तथा सर्वसाधारण नागरिकमा पर्न गएको समस्यालाई सम्बोधन गर्दै समष्टिगत विकास गर्न सघाउ पुग्ने विश्वास लिएको छ ।

३. वडाबाट नै सञ्चालन हुन सक्ने वडागत योजना तथा कार्यक्रमको लागि श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरे बमोजिम बजेट विनियोजन गरिएको छ । यसवाट वडाको समस्या र आवश्यकतासँग नजिक रही समष्टिगत विकास गर्न सघाउ पुग्ने विश्वास लिएको छ ।

४. केन्द्र र प्रदेश सरकारको समपूरक कोषसँग साझेदारी गरी बृहत र ठुलास्तरका आयोजना कार्यक्रम सञ्चालन गर्ने गरी समपूरक अनुदानमा वजेट विनियोजन गरिएको
छ ।

५. स्थानीय आवश्यकता र मागलाई विशेष मध्यनजर गरी समृद्ध खानीखोला निर्माण गर्न आधार प्रदान गर्ने र बजेटका प्राथमिकता क्षेत्रभित्र पर्ने गाउँपालिकास्तरीय गौरवका आयोजना समेत समेट्ने गरी त्यस्ता योजनामा उचित बजेटको व्यवस्था गरिएको छ ।

६. योजना र कार्यक्रम सञ्चालन गर्ने प्रयोजनार्थ समपूरक कोषमा रु ६० लाख विनियोजन गरिएको छ ।

७. उज्यालो सडक अभियान अन्तर्गत सौर्य उर्जामा आधारित सौर्य सडक बत्ति जडान कार्यलाई निरन्तरता दिँदै आवश्यक वजेट विनियोजन गरिएको छ ।

(घ) वन, वातावरण तथा विपद् व्यवस्थापन
१. विभिन्न काल खण्डमा आउने विपद्हरूलाई उचित व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन गाउँपालिकाको विपद् व्यवस्थापनका लागि रु. ३० लाख विनियोजन गरिएको छ ।
फोहोरमैला व्यवस्थापन, सरसफाई, वृक्षरोपण कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरी विपद्मैत्री सुरक्षित र सुन्दर खानीखोला बनाउन बजेट विनियोजन गरिएको छ ।

३. प्राकृतिक प्रकोप र आपतकालीन व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

(ङ) सुशासन र सेवा प्रवाह
१. “असल शासन कुशल प्रशासन” भन्ने मूल नारालाई अङ्गिकार गर्दै गाँउपालिका, वडा कार्यालय तथा अन्य कार्यालयहरूबाट हुने सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाइनेछ ।

२. सुशासन र संस्थागत विकासको लागि आवश्यक वजेट विनियोजन गरिएको छ । ३. गाउँपालिका बजार क्षेत्रभित्र सुरक्षा व्यवस्था निगरानीका लागि थप सिसि क्यामेरा जडान गर्न बजेट विनियोजन गरिएको छ ।

४. इन्टरनेट सेवाको पहुँचमा वृद्धि गर्न उचित बजेट विनियोजन गरिएको छ ।

५. समुदाय, प्रहरी र गाउँपालिका बीच साझेदारी गरी शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन साथै सुरक्षा चौकीको समेत व्यवस्थापन गर्न सहज हुने गरी आवश्यक बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कार्यालय सहयोगी कर्मचारीहरूको कार्यसम्पादनका आधारमा निरन्तरता दिने व्यवस्था गरिएको छ ।

(छ) कर राजस्व परिचालन तथा छुट र सहुलियत सम्बन्धी व्यवस्था
१. “जनताको घर आँगन कर सङ्कलन अभियान सञ्चालन गरी प्रत्येक टोल बस्तीसम्म राजस्व सचेतना कार्यक्रम सञ्चालन गरी घुम्ती शिविर, कर सङ्कलन टोलीको व्यवस्था गरी राजस्व सङ्कलन कार्यलाई प्रभावकारी बनाउन साथै राजस्व परामर्श समितिको संस्थागत सुदृढीकरण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

२. महिलाले आफ्नो नाममा गाउँपालिकामा प्रचलित कानून बमोजिम दर्ता गर्ने उद्योगमा पचास प्रतिशत, व्यापार व्यवसायहरूको दर्तामा तीस प्रतिशत छुट दिइने व्यवस्थालाई निरन्तरता दिएको छु । तर, बक्यौता तिर्नु पर्ने अवस्थामा उल्लेखित सुविधा प्रदान गरिने छैन ।

३. अपाङ्गता भएका नागरिकलाई गाउँपालिकाले जुनसुकै प्रकारका सिफारिस गर्दा वा व्यवसाय दर्ता वा नवीकरण गर्दा लाग्ने राजस्वमा पचास प्रतिशत छुट दिइने व्यवस्थालाई निरन्तरता दिएको छु ।

४. सार्वजनिक स्थानको फोहोरमैला व्यवस्थापन लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

आदरणीय सभाध्यक्षज्यू,
सभासदस्यज्यूहरू,

(ज) बजेट कार्यान्वयन वित्तीय अनुशासन
१. तथ्य र प्रमाणमा आधारित अनुगमन तथा मूल्याङ्कन प्रणालीको उपयोग गरी प्राप्त पृष्ठपोषणबाट विषयगत शाखाहरूको संस्थागत क्षमता विकास गर्नुका साथै मितव्ययी र पारदर्शी रुपमा सार्वजनिक स्रोत साधनको प्रतिफल प्राप्त गर्ने व्यवस्था मिलाइनेछ । २. बजेट निर्माणमा समग्र वित्तीय अनुशासन, विनियोजनमा दक्षता र कार्यन्वयनमा कुशलता कायम गरी खर्चमा मितव्ययिता अपनाउन विशेष जोड दिइनेछ ।

३. जिम्मेवार पदाधिकारीलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानुन बमोजिम खर्चको नतिजाप्रति जिम्मेवार बनाइनेछ ।

४. बजेटमा प्रस्तुत भएका कार्यक्रमहरूको स्वीकृति पश्चात् समयबद्ध कार्ययोजना तयार गरी आर्थिक वर्षको सुरुदेखि नै योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने व्यवस्थालाई सुदृढ बनाइने छ ।

अन्त्यमा,
यो बजेट तर्जुमा गर्न सहयोग पुयाउनु हुने सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्न चाहन्छु । बजेट तर्जुमा गर्ने क्रममा गहन राय सल्लाह सुझाव प्रदान गर्नु हुने राजनीतिक दल, सङ्घ संस्था, सहकारी क्षेत्र, उद्योगी व्यवसायी, समाजसेवी, नागरिक समाज, कर्मचारी, पत्रकार र आम खानीखोलाबासीमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो बजेटको कार्यान्वयनवाट “हामी बनाउँछौं हाम्रो खानीखोला भन्ने नारालाई सफल गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिएको छु । बजेटमा उल्लेखित योजना कार्यक्रमको कार्यान्वयनबाट समष्टिगत पूर्वाधारको विकास गरी समृद्ध र समाजवाद उन्मुख खानीखोला गाउँपालिकाको आधारशिला निर्माण गर्ने उद्देश्य प्राप्त गर्नका लागि पर्याप्त रुपमा मार्गदर्शन गर्नेछ भन्ने विश्वास लिएको छु ।
गाउँपालिकाको हरप्रयास र कदममा साथ दिनु हुने सम्पूर्ण नागरिकप्रति आभारी हुँदै बजेट कार्यान्वयन गर्न सबैको सहयोग र साथ रहनेछ भन्ने विश्वासका साथ सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद ।

दोर्जेमान जिम्बा
उपाध्यक्ष
मितिः २०८१ साल असार १० गते ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय