काठमाडौं । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले उक्त पदमा २३२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गरेका हुन् । देवकोटाले १४३ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाए ।

त्यस्तै ५ उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरि बहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् । ३ खुल्ला उपाध्यक्ष पदमा भएको निर्वाचनमा चौहानले २२०, खड्काले १७९ र ठकुरीले ३१४ मत प्राप्त गर्दै निर्वाचन जिते । सो पदमा रामकृष्ण सिवाकोटी ११६ र श्रावण कुमार बर्तौला १२३ मत प्राप्त गर्दै पराजित भए । महिला कोटामा पाण्डे र समावेशी तर्फ तामाङ निर्विरोध निर्वाचित भएका थिए ।

प्रमुख सचिव पदमा विजय लामा २३६ मतसहित निर्वाचित हुँदा सुवास गौतम १७९ मत ल्याएर पराजित भए । ५ सचिव पदमा क्रमशः विजय घिमिरे, रितिक राज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोरजे बल, कोषाध्यक्ष पदमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भए ।

सम्मेलनबाट ४३ सदस्य समेत निर्वाचित भएका छन् । सदस्यहरुमा जयराम गोतामे, जय प्रकाश गिरी, प्रनिल तामाङ, रवी भुर्तेल, निरोज पौडेल सुरज भण्डरी, निरुता श्रेष्ठ, रोमन पौडेल, विरोश कोइराला, सुरेन्द्र पुलामी, मदन धमला, गुणराज कालिकोटे, सफल दाहाल, रमित खत्री, राजकुमार भुजेल, रविन सापकोटा, गणेश परियार, प्रतिक भारती, गणेश प्रधान, अमृत योन्जन, आशिष तामाङ, ग्यामसाङ स्याङतान, पासाङ छिरिङ, लोप्चन, अनिल थापा मगर, आकाश न्यौपाने सम्झना बजगाई, सुष्मा घले, रोमन श्रेष्ठ, ईश्वरी प्रसाद आचार्य, श्रीकृष्ण आचार्य, अञ्जली ढुङ्गाना, कन्चन भट्ट, योगेश न्यौपाने, सम्झना नेपाल पुष्प मगर, सपना दाहाल, शर्मिला चौलागाई, प्रितिका थापा, विपना लामिछाने, सावित्रि आचार्या, अशिष तामाङ नारायनण खाती (वि.क.) र सिंहराज योन्जन निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय